साहित्यप्रति प्रवासी नेपालीहरुको रुचि बढ्दो छ : उपन्यासकार नेपाल

बसन्त नेपाल नेपाली साहित्यमा उदाउँदै गरेका एक प्रतिभावान व्यक्ति हुन् । बाल्यवस्थादेखि साहित्य सिर्जनामा रमाउँदै आएका उनी अहिले उपन्यासकारका रुपमा चिनिन्छन् । ‘उल्कापात’ उपन्यास लिएर साहित्यमा प्रवेश गरेका बसन्त पुनः दोस्रो कृति ‘भुमरी’ का साथ साहित्यिक बजारमा आउने तयारीमा छन् ।
काभ्रे मण्डन चण्डेनीमा जन्मिएका बसन्त पेसाले पत्रकार हुन् । पत्रकारिता र साहित्यलाई एकसाथ अघि बढाएका बसन्त नेपाल प्रवासी पत्रकारका रुपमा ज्यादा परिचित छन् । प्रवासी नेपालीहरुका बिषयमा एक दशकदेखि निरन्तर कलम चलाउँदै आएका बसन्तसँग केदारनाथ नेपाल ‘निश्चल’ले गरेको कुराकानीको सम्पादित अंश :
प्रवासी नेपालीहरुमा तपाईं कसरी चिनिनुभयो ?
जन्मभूमि नेपाल हो भने केहि बर्ष अघिदेखि मैले कर्मभूमि ओमनलाई बनाउँदै आएको छु । प्रवास अब पहिलाको जस्तो रहेन । नेपालीहरुको संख्या व्यापक भएकोले प्रवासलाई अर्को नेपाल भन्दा फरक नपर्ने भईसकेको छ । प्रवासमा पत्रकारिता फस्टाउँदो छ । प्रवासी नेपाली र उनिहरुका बिषयमा कलम चलाउँदा चलाउँदै साहित्यमा पनि मेरो रस पस्यो र कलम चलाउँन थाले । कथाहरु र अखबारी लेख लेख्दा लेख्दै उपन्यासतिर मन गयो । मेरो पहिलो कृति उपन्यास उल्कापात हो । यसमा वैदेशिक रोजगारीको विषय उठाएको छु ।
उपन्यास ‘भुमरी’ बजारमा आउँदै छ, यो कस्तो उपन्यास हो ?
वैदेशिक रोजगार, भूकम्प र प्रेमलाई चिराफार गरीएको उपन्यास हो भुमरी । जनयुद्धकालमा पति गुमाएका आमाहरु, भूकम्पले धुरुधुरु रुवाइएकाहरु अनि खाडीमा कार्यरत नेपालीहरुलाई यो उपन्यास पठनीय हुनेमा विश्वस्त छु ।
प्रवासमा वसेर लेखन कार्यलाई कसरी अघि बढाउनुभयो ?
हेर्नोस्, समयको सदुपयोग गर्दै दृढ अठोट लिएर कर्ममा विश्वास गर्ने हो भने सबै सम्भव हुन्छ । यो कुरा मै आफैंले बुझें । लेखन कार्य नसा जस्तै भयो र उपन्यासहरु निकाल्न सफल भएँ । प्रवासमा आफ्नो काम त भई हाल्छ, त्यसपछि बचेको केहि समय उपयोग गर्ने हो भने असम्भव छैन ।
प्रवासी नेपालीहरुको साहित्यमा रुचि कस्तो देख्नुभएको छ ?
सच्चा देशभक्त वास्तवमा प्रवासी नेपालीहरु नै हुन भन्न मलाई अप्ठ्यारो लाग्दैन । किनकी नेपालका हरेक क्षेत्रहरुमा प्रवासी नेपालीहरुले आआफ्नो तर्फबाट योगदान पु¥याउँदै आएका छन् । साहित्यको कुरा गर्नु पर्दा देशमा प्रकाशित सबै साहित्यिक पुस्तकहरु प्रवासमा पुगेका हुन्छन् । नेपाली साहित्यको विकास प्रवासमा तीव्र छ । प्रवासी नेपालीहरुले गर्दा नै कतिपय साहित्यकारहरुले आफ्नो लगानी उठाउन सफल भएको अवस्था छ । प्रवासी नेपालीहरुको साहित्यप्रति रुचि बढ्दो छ ।
पहिलो उपन्यासबाट कस्ता प्रतिक्रिया पाउनुभयो ?
नेपाली साहित्यमा यति धेरै विकृति छ होला जस्तो मलाई लागेको थिएन । जसले पैसा फाल्यो ऊ एकाएक हिट र राम्रो लेखक । मिडियाहरु पनि पैसामा विकेकाले अलि समस्या कि भन्ने लाग्छ । मेरो पहिलो उपन्यास ‘उल्कापात’ वैदेशिक रोजगारमा आधारित भएको हुनाले खाडीमा बढी पढियो । खाडीमा हरेक नेपालीहरुको मन छुने पुस्तक हो उल्कापात । पाठकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको थिएँ । सोही कारण दोस्रो पुस्तक लेख्ने हौसला मिल्यो ।
बजारमा आउँदै गरेको दोस्रो कृतिबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
पहिलोको उपन्यास भन्दा यो अलि रसिलो छ भन्ने मैले ठानेको छु । यसको बिक्रिवितरण व्यापक हुने अनुमान छ । किनकी यसले सबै बिषयलाई छोएको छ । सरल भाषामा लेखिएको छ ।
तपाईं प्रवासमा कार्यरत मान्छे, नेपालमा भूकम्प आउँदा प्रवासमै रहनु
भयो । कतै, भूकम्पको बिषयलाई काल्पनिक रुपमा त उठान गर्नुभएको छैन ?
म स्वयम् भूकम्प पीडीत हुँ । भूकम्प पश्चात् म नेपाल आएँ । देशका भूकम्प पीडीतका धेरै टहराहरुको भ्रमण गरेको छु । पीडितसँग प्रत्यक्ष कुराकानी गरेको छु । उनीहरुको सुखदुःख सातासाट गरेको छु । र, पीडितका भोगाइलाई उपन्यासमा काल्पनिक पात्र बनाई उल्लेख गरेको छु । उपन्यासमा पात्रहरुले पोखेका पीडाहरु यथार्थ रुपमा चित्रण गरेको छु ।
पछिले समय पुस्तक प्रकाशन गर्ने लहर चलेको हो ?
पुस्तक निकाल्नु ऋणमा डुब्नु हो भन्ने भनाई अझै पनि छ । धेरै पुस्तक अनलाइनमा पढ्न पाईन्छ । अनलाइन सुविधा भएकाले पुस्तक बिक्रि गर्न गाह्रो छ । तैपनि उपन्यासहरु बजारमा आएकै छन् । प्रकाशन गृहले लेखकहरुसँग पैसा लिएर पुस्तकको क्वालीटी नहेरी प्रकाशन गर्छन् भन्ने समस्या म आफैले सुन्दै आएको छु ।
अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
देश विदेशमा कार्यरत नेपालीहरुलाई आफ्नो बिचार राख्ने अवसर दिनु भएकोमा तपाईं लगायत तपाईको मिडीया टिमप्रति सधै आभारी छु । मिहिनेत ग¥यो भने प्रवासमा पनि धेरै अवसरहरु छन् । इच्छाशक्ति भएमा समयले कसैलाई रोक्दैन । छोटो समयलाई सदुपयोग गरेर नै मैले दोस्रो पुस्तक बजारमा ल्याउन लागेको हुँ । अनावश्यक कुलतमा नलागी समयको सदुपयोग गरेर सिर्जनात्मक काममा लाग्न सम्पूर्ण प्रवासी नेपालीहरुमा मेरो अनुरोध छ । चालिस लाख नेपालीहरु, तीन लाख टहरावासीहरु अनि प्रेममा फूल्दै गरेका सयौं युवापुस्तालाई मेरो वजारमा आउँदै गरेको उपन्यास ‘भुमरी’ पढिदिनु हुन अनुरोध गर्दछु । यस उपन्यासले तपाईंहरुको मन पक्कै छुने मैले अपेक्षा राखेको छु ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












