डिपिएलमा रुपन्देहीको दोस्रो जित
कैलाली ३० चैत । धनगढी प्रिमियर लिग ( डीपिएल ) अन्तर्गतको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ । जित हासिल गर्ने क्रममा सिआइवी अत्तरियालाई ४२ रनले पराजित गरेको छ ।
सेती अञ्चल प्रहरी मैदान धनगढीमा सम्पन्न भएको खेलमा अत्तरियाका बलरहरु निरिह बन्दा रुपन्देहीले ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । अत्तरियाले २८ अतिरिक्त रन दिएको थियो जसमा १७ वाइड, ५ नो बल र ६ लेग बाइ छ ।
अग्रपंक्तिका ब्याट्सम्यानहरु यस्तैमा पेविलियन फर्किएपछि रुपन्देहीका राजेश पुलामी र प्रकाश केसीले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । पुलामीले ३१ तथा केसीले २९ रन बनाए । बलिङतर्फ अत्तरियाका बिनोद लामा र प्रदीप ऐरीले २ र २ विकेट लिएका थिए ।
१३० रनको लक्ष्य पछ्याउने क्रममा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया ८७ रनमै समेटियो । रुपन्देहीका बलरहरुको शानदार बलिङ आक्रमणखसामू अत्तरियाका कुनै ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
कप्तान मल्लको ब्याटबाट निस्किएको ३० रन नै अत्तरियाका ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । अत्तरियाका ८ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये २ जना शून्यमै आउट भएका थिए ।
बलिङतर्फ सहव आलमको प्रदर्शन उत्कृष्ट रहृयो । उनी एक्लैले ४ विकेट लिए । ४ ओभरमा आलमले १ मेडन राख्दै मात्र ८ रन खर्चिए । बिक्रम सोवले २ विकेट लिए भने कप्तान शक्तिको बलिङ पनि किफायती रहृयो । ४ ओभरमा उनले १ मेडन राख्दै मात्र ६ रन खर्चेर एक विकेट लिए ।
म्यान अफ द म्याचसमेत रहेका आलमकै उत्कृष्ट बलिङको सहयोगमा पहिलो खेलमा पनि रुपन्देहीले कञ्चनपुर आइकोनिकलाई पराजित गरेको थियो । त्यस खेलमा उनले ३ विकेट झारेका थिए । यता भने पहिलो खेलमा अत्तरियाले काठमाडौं गोल्डेन्सलाई हराएको थियो ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...