सिरियामा शान्ति वार्ताको झिनो प्रयास
जेनेभा। संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।
सिरियामा पछिल्लो समयमा हिंसा थप भड्किएको छ । जसका कारण विश्वमा सिरियाको विषयमा के कस्तो निकास निकाल्ने भन्ने बारेमा छलफल भएको राष्ट्रसंघले जानकारी दिएको छ ।
उक्त कार्यको तयारीको बारेमा संयुक्त राष्ट्रसंघले हालै जानकारी दिएको बताइएको छ । सिरियामा पछिल्लो समयमा हिंसा थप बढ्दै गएकोले निकासका लागि यो प्रयास भएको हो ।
सिरियामा शान्ति वार्ताको तयारी भएको छ– राष्ट्रसंघका एक अधिकारीले जानकारी दिए । उनका अनुसार केही समयमै सिरियाली मध्यस्थकर्ता समूहका सदस्यको बैठक बोलाउने र उनीहरुमार्फत शान्ति वार्ताको पहल सुरु गर्ने बारेमा सो तयारी भएको हो ।
सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता समूहका मध्यस्थताहरुलाई बैठकका लागि जेनेभामा बोलाइने भएको छ । सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतले सो जानकारी दिएका छन् । उनका अनुसार यो वार्ताको सम्भाव्यताका लागि गर्न लागिएको परामर्श बैठक पनि हो ।
विशेष दूत माइकल कन्टेटले भन्नुभयो– सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरुसँग परामर्श भएको छ र उनीहरुलाई जेनेभा बोलाउने बारेमा कुराकानी पनि भएको छ ।
सिरियाली समूहका देशका मध्यस्थतकर्ताहरुको बैठकले आगामी शान्ति वार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक मात्रामा छलफल गर्ने बताइएको छ ।
मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने अन्य विषयमा सो बैठकमा छलफल गरिने राष्ट्रसंघले जनाएको छ ।
सिरियाली समूहअन्तर्गतका राष्ट्रसंघीय मध्यस्थकर्ताहरुको बैठक करिब तीन महिना बस्न लागेको हो । यस अघि सो बैठक गत फागुन महिनामा नै जेनेभामा बसेको थियो । त्यस समयमा पनि शान्ति वार्ताका लागि प्रयास थाल्ने जानकारी दिइएको थियो ।
उता सिरियामा हिंसा भने रोकिएको छैन । सो हिंसाको रुप पछिल्लो समयमा बढ्दै गएको छ । सिरियाली सेनाले नै आतङ्ककारीलाई रोक्ने निहूँमा प्रयोग गरेका हतियारहरु रासायनिक र घातक तत्वको प्रयोग भएको बताइएको थियो ।
सिरियामा जारी रहेको सो हिंसाका क्रममा ४ लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् ।
पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पु¥याउन भने सकिएको छैन ।
यस पटकको यो मध्यस्थकर्ताहरुको बैठकपछि पनि अर्काे शान्तिवार्ताका लागि प्रयास गरिने छ । सो तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसंघले दिएको छ ।
तर उक्त बैठकमा के कति देशको प्रतिनिधित्व हुने हो भन्ने बारेमा भने अझै पनि केही स्पष्ट हुन सकेको छैन । सिरियाली शान्ति वार्ताका लागि केही वर्षअघि नै संयुक्त राष्ट्रसंघले मध्यस्थता समूहको गठन गरिएको थियो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...