न्यायालयलाई व्यवस्थित बनाउँछु : गोपाल पराजुली, कामु प्रधानन्यायाधीश
२०४८ साल कात्तिक १८ गते पुनरावदेन अदालत, पाटनको न्यायाधीशका रुपमा सेवा प्रवेश गरेका गोपाल पराजुली हालै कायममुकायम प्रधानन्यायाधीश नियुक्त भएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि सर्वाेच्चका वरिष्ठतम न्यायाधीशका हैसियतमा उनले यो जिम्मेवारी पाएका हुन् । बुबा एकदेव पराजुली र आमा नन्दकुमारी पराजुलीका ६ जना छोरामध्येका काइँलो गोपाल २०१० साल वैशाख १६ गते काहुशिवपुर–६ तनहुँमा जन्मेका हुन् । १० वर्षको उमेरमा पिताको र २० वर्षको उमेरमा माताको निधन भएको थियो उनको । विद्यार्थी कालमा अत्यन्तै मेधावी छात्र पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्म अध्ययन गरेका हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रुपमा उनले २७ मे सन् २०१४ बाट जिम्मेवारी सम्हाल्दै आएका थिए । न्यायसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध उनी तालिमको सिलसिलामा जर्मनी, लक्जेम्बर्ग, फ्रान्स, स्विट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, भारत, अमेरिका, कोरियालगायत मुलुक पुगेका छन् ।
कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध चिसिएका बेला सर्वाेच्च न्यायिक निकायको नेतृत्व सम्हाल्ने मौका पाएका पराजुलीसँग न्युज-नेपालका सम्पादक सजिब कालाखेतीले गर्नुभएको छोटो कुराकानी :
इजलासमा रहेको अवस्थामा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भयो र तपार्इंले कायममुकायमको जिम्मेवारी पाउनुभएको छ, यस घटनालाई कसरी लिनुभएको छ ?
न्यायालयका लागि यो दुःखद घटना हो । न्यायिक इतिहासमा यस्तो कार्य नहुनुपथ्र्यो तर संसद्ले के ग¥यो, यो विषयमा मैले बोल्न मिल्दैन । त्यसपछि मलाई जुन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्राप्त भएको छ, यसलाई म संविधान र कानुुनले दिएको अधिकार सम्झी निष्पक्ष र प्रभावकारी रुपमा पूरा गर्नेछु ।
प्रधानन्यायाधीश कार्कीलाई व्यक्तिगत आचरणबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरकफरक व्यवहार गर्ने र गुटबन्दी गर्ने गरेको आरोप लागेको छ नि ?
म न्यायालयमा गुटबन्दी गर्नुहुँदैन , सिनियरको तेजोवध हुने गरी कनिष्टको व्यवस्थापन गर्दिनँ र न्यायालयलाई अरु व्यवस्थित, परिष्कृत र परिमार्जित गर्दै लानेछु ।
न्यायालय प्रविधिमैत्री छैन भनिन्छ नि ?
हो, जति प्रविधिमैत्री हुनुपर्ने हो, त्यो हुुन सकेको छैन । न्यायालयले गरेका फैसला हेर्नुभयो भने अन्तर्राष्ट्रिय स्तरका छन् । तर, त्यो कुरा हामीले विश्वलाई देखाउन सकेका छैनौं । खाली अरुको हेछौं, हाम्रा फैसलाहरु उत्कृष्ट हुँदाहुँदै प्रविधिकै कारण अरुलाई देखाउन सकेका छैनौं । प्रविधिमैत्री बनाउनेमा मेरो पहल रहनेछ । अर्को कुरा, तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल गर्नेतर्फ मेरो ध्यान जानेछ । मैले असहज परिस्थितिमा पद सम्हालेको छु । यो बीचमा न्यायालय अझ निर्भीक र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउने प्रयास गर्नेछु । न्यायमा सबैको पहुँच पुग्नेछ ।
Comments
अरु समाचार
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
काठमाडौं । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ हुन सक्दैन : कानुनमन्त्री गिरी
काठमाडाैव । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण...