पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ : आयुक्त शर्मा
काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गर्नुभएको छ ।
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय तथा जिल्लास्तरमा खटाउने पर्यवेक्षकका लागि यहाँ आज आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो – “मतदाताको घरको छेउको सरकार गठनका लागि हुने यो निर्वाचनमा महिला, दलित, अल्पसङ्ख्यकले निर्भयका साथ मतदान गर्न पाउने अवसर दिलाउन पर्यवेक्षकले ध्यान दिनुहुनेछ ।”
सम्पूर्ण निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्ने पर्यवेक्षकै गतिविधि पनि आयोगबाट अनुगमन हुने जानकारी दिँदै आयुक्त शर्माले आयोगका काममा असर पर्ने गरी पहाडी र दुर्गम स्थानमा समेत समानरुपमा पर्यवेक्षक परिचालन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–“निर्वाचनअघि, मतदानको अवधि र मतदानपछि हुने गतिविधिलाई पनि पर्यवेक्षकले ध्यान पु¥याउनुहुनेछ ।”
आयोगले निर्वाचन पर्यवेक्षण गर्न राष्ट्रिय पर्यवेक्षण गर्न ४९ संस्थालाई अनुमति प्रदान गरेको छ । आयोगले ३४ वटै जिल्लामा सहसचिव र सूक्ष्म अनुगमनकर्तालाई पनि सबै जिल्लामा परिचालन गरेको छ । नेपालकै इतिहासमा यो पहिलो समावेशी चरित्र बोकेको निर्वाचन हो ।
आयोगले मतदानका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, सुत्केरी महिला, अशक्त मतदाताका लागि विशेष व्यवस्था गरेको जानकारी दिँदै उहाँले भन्नुभयो – “सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु नैसर्गिक अधिकार हो । स्वतन्त्र, निष्पक्ष निर्वाचनले जनतामा उच्च सम्मान बढाउने हुँदा त्यस कार्यमा राष्ट्रिय पर्यवेक्षकबाट महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा आयोगले लिएको छ ।”
आयोगले यसपटकको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण नगरिए पनि नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ उपत्यकाभित्र अध्ययन चाहेमा आवश्यक व्यवस्था मिलाएको जनाएको छ । नेपालको इतिहासमै पहिलोपटक स्थानीय सरकारको अधिकार प्रयोग गर्नका लागि यो निर्वाचन हुँदैछ ।
सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको आधारमा लोकतन्त्रको मापन गरिने हँुदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचनको समग्र तयारी र आचारसंहिता, पर्यवेक्षकको भूमिकाबारे प्रकाश पार्नुभयो ।
आयोजक संस्था नियोकका अध्यक्ष हिमालयशम्शेर राणाले र सदस्य कृष्णमान प्रधानले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि तटस्थ भएर पर्यवेक्षकको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । नियोगले राष्ट्रिय पर्यवेक्षकका रुपमा करिब ८० जनालाई परिचालन गर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...