ताजा समाचार

मतदाता परिचय पत्र आजदेखि मतदान केन्द्रबाटै वितरण हुँदै

काठमाडौं, २८ बैशाख । मतदाता परिचय पत्र आजदेखि वितरण हुनेभएको छ । आउँदो आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । मतदान सम्बन्धी अन्यौल हटाउन आयोगले मतदाता परिचयपत्र वितरणसँगै शनिबारसम्म मतदाता शिक्षा पनि दिन लागेको हो ।

मतदान केन्द्रबाट मत बदर हुन नदिने र नबिग्रने हिसाबले बाकसमा खसाल्ने तरिका सिकाइने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने आयोग प्रवक्ता शर्माको भनाई छ ।

यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्ष हुनेछ । त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ ।

पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org