ताजा समाचार

बल्ब खरिदमा अनियमितताको आरोप पुष्टि गरे राजनीति छोड्दिन्छुः उर्जामन्त्री शर्मा

काठमाडौं, २९ बैशाख । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बल्ब खरिद प्रकरणमा अनियमितता भएको प्रमाणित गरे राजनीति छोडिदिने घोषणा गरेका छन् । बल्ब खरिद प्रक्रियामा उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले चरम आर्थिक अनियमितता गरेका आरोप लागेपछि उर्जामन्त्री शर्माले आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बल्ब खरिद प्रक्रियामा कसैले पनि एक पैसा समेत नपाउने भन्दै शर्माले उक्त विषय उछाल्नेले पुष्टि गर्नुपर्ने बताए ।

जसरी प्रतिष्पर्धा गराउने व्यवस्था छ, त्यसरी नै प्रतिष्पर्धा नगराउने व्यवस्था पनि रहेको भन्दै उनले भने, ‘केही व्यवसायी पनि आएका थिए, दिन्छौं भन्दै । मैले उनीहरुलाई भनें, ‘ल ल्याऊ अहिलेको अहिल्यै दुई करोड बल्ब । दिन्छौ ? त्यहि गुणस्तरको चाहिन्छ ।’

प्रतिस्पर्धा गर्नेले त्यही गुणस्तरको दिनुपर्ने भन्दै उर्जामन्त्रि शर्माले भने, ‘६ महिना, वर्ष दिन लगाएर हुन्छ ? दुई करोडले मात्रै पुग्दैन । दस करोड बल्ब चाहिन्छ । अब अर्को प्रक्रियामा प्रतिस्पर्धा गराउने नै हो ।’

आफ्नोबारेमा गलत समाचार लेख्ने कान्तिपुरमाथि खरो रुपमा प्रस्तुत भएका उर्जामन्त्री शर्माले भने, ‘कान्तिपुरले मैले भनेको कुरा नलेख्ने, नभनेका कुरा लेख्ने ? मैले विचार गरिरहेको छु नि, पुष्टि गरोस् कान्तिपुरले, म राजनीति छाडिदिन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org