ताजा समाचार

कमल थापाद्धारा हेटौडा उपमहानगरमा मतदान

हेटौडा, ३१ बैशाख । राप्रपा अध्यक्ष कमल थापाले मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मतदान गरेका छन् । मतदान गरिसकेपछि पत्रकारसँग कुरा गर्दै थापाले २० वर्षपछिको स्थानीय तहको चुनावमा मतदान गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । मतदान गर्न आएका मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन् ।

उनले मतदान गरेपछि ट्वीटर मार्फत खुशी व्यक्त गरेका छन् । उनले ट्वीटर मार्फत भनेका छन्, ‘आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु ।’ हेटौडामा अपाङ्गता भएका र बृद्धबृद्धालाई मतदान गर्न पहिलो प्राथमिकता दिइएको छ । लौरो टेकेका बृद्धबृद्धा र काखीमा बालबच्चा च्यापेका महिला पनि मतदानमा सहभागी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org