ताजा समाचार

हुम्लाको सिमकोट प्रमुखमा कांग्रेस, उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी


हुम्ला, ३ जेठ । हुम्लाको सिमकोट गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पदम लामा विजयी भएका छन् । प्रमुखमा विजयी लामाले १ हजार ३ सय ६४ र प्रतिद्वन्दी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १ हजार २ सय ४२ मत ल्याएका छन् ।

गाउँपालिकाको उपप्रमुखमा भने भने स्वतन्त्रबाट बली रावत विजयी भएकी छन् । विजयी स्वतन्त्र उम्मेदवार रावतले १ हजार ३ सय ७५ र प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुशिला रोकायले १ हजार २ सय ५० मत ल्याएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org