ताजा समाचार

कालिकोटका २ नगरपालिकासहित पाँच स्थानीय तहमा माओवादी विजयी

कालिकोट, ४ जेठ । कालिकोटका पाँच स्थानीय तहमा माओवादी केन्द्रले जित निकालेको छ । ७ स्थानीय तह रहेको कालिकोटमा माओवादी केन्द्रका पाँवटामा विजयी भएको हो । एउटामा एमाले विजयी भएको छ भने एउटा स्थानीय तहमा मतगणना जारी छ ।

रासकोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, पंचाल झरना गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादीले प्रमुख र उपप्रमुख सहित अधिकांश वडाहरु जितेको छ ।

रासकोट नगरपालिकाको प्रमुखमा काशिचन्द्र बराल र उपप्रमुखमा मिमसरा बम तथा तिलागुफा नगरपालिकाको प्रमुखमा रतनबहादुर शाही र उपप्रमुखमा दर्शना नेपाली विजयी भएकी छन् ।

यसैगरी सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर शाही र उपाध्यक्षमा होइजाली बुढा, पंचाल झरना गाउँपालिका प्रमुखमा खड्क सेजुवाल र उपप्रमुखमा तारा न्यौपाने तथा पलाता गाउँपालिका अध्यक्षमा लक्ष्मण बम र उपाध्यक्षमा दाना न्यौपाने विजयी भएका छन् ।

कालिकोटमा माओवादीले २ नगरपालिका र ३ गाउँपालिकामा जितेको हो । कालिकोटको खाडाचक्र गाउँपालिकामा एमाले विजयी भएको छ भने महाबै गाउँपालिकामा मतगणना जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org