ताजा समाचार

सल्यानको कुमाखमालिकाको प्रमुख उपप्रमुख दुवैमा माओवादी विजयी

सल्यान, ५ जेठ । सल्यानको कुमाखमालिका गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका दिलमाया बियम विजयी भएकी छन् । विजय भएका बिमयले ३ हजार ६ सय ७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भैरव शाहले २ हजार १ सय २९ ल्याएका छन् । तेस्रो स्थान बनाउन सफल कांग्रेसका उम्मेदवार विवेकसिंह राठौरले २ हजार ९ सय ८३ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रका दिल्लीराज जैसीले ३ हजार ८ सय १८ मत ल्याएर जितेका छन् । जैसीलाई निरन्तर पछ्याएकी एमालेकी शान्ति चन्द २ हजार १ सय ४५ ल्याएकी छन् । कांग्रेसकी उर्मिला रानाले १ हजार ८ सय ८७ मत पाइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org