ताजा समाचार

सिन्धुलीको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रकी दिपा बोहोरा विजयी

सिन्धुली, ५ जेठ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । माओवादी केन्द्रकी दिपा बोहारा दाहाल ३ हजार ४ सय ३३ मत प्राप्त गरी अध्यक्षमा बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कपिल कोइरालाले ३ हजार २ सय १२ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिर्बसिंह मोक्तान ३ हजार ४ सय ५४ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ताकुमारी कार्कीले ३ हजार २ सय ६८ मत प्राप्त गरेकी छन् । गाउँपालिकाका वडाहरुमध्ये एमालेले ३ माओवादी र कांग्रेसले २ स्थानमा जित हासिल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org