ताजा समाचार

नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्र विजयी

नुवाकोट, ५ जेठ । नुवाकोटको ककनी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर लामा विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतगणना अनुसार ककनीमा लामाले ४ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेश लामाले ३ हजार ५ सय ९१ मत ल्याए ।

उपप्रमुखमा एमालेका लजिता लामालाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका सीता लामा विजयी भईन् । सीताले ४ हजार १ सय ३३ मत लजिताले ३ हजार ६ सय ९७ मत ल्याईन् ।

ककनीमा ८ वटा वडा रहेकोमा ४ वटाको वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र, ३ वटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेस विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org