स्थानीय तह निर्वाचनः ३४ जिल्लामा कुन दलको कस्तो उपस्थिति ?
काठमाडौं, ८ जेठ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।
प्रदेश ३ः एमाले ५४, कांग्रेस ३३, माओवादी १६
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एमालेले सबैभन्दा धेरै ५४, कांग्रेसले ३३, माओवादीले १६ र राप्रपा, नयाँ शक्ति र नेमकिपाले एक–एक तह जितेका छन् । काठमाडौं, दोलखा, भक्तपुर र रसुवामा माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेन । नौ जिल्लाबाट माओवादीले १६ तहमा मात्रै जित्यो । भक्तपुरबाहेक कांग्रेसले १२ वटा जिल्लामा जित निकाल्यो ।
प्रदेश ४ः कांग्रेस ४४, एमाले ३३, माओवादी पाँच
प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ स्थानीय तहमा कांग्रेसले ४४, एमालेले ३३ स्थानीय तह जित्दा माओवादीले पाँचवटा मात्रै जित्न सक्यो । कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासीमा माओवादी केन्द्रले एउटा पनि तह जित्न सकेन । गोरखा, तनहुँ, बाग्लुङ र लमजुङमा मात्र माओवादीले जित्यो ।
प्रदेश ४ को गोरखामा एमाले शून्य हुँदा कांग्रेस भने ११ वटै जिल्लामा जित्न सफल भयो । प्रभाव क्षेत्र रहेर पनि नयाँ शक्तिले गोरखामा समेत जित निकाल्न सकेन । माओवादी र नयाँ शक्तिलाई पछि पार्दै डा. बाबुराम भट्टराईको चुनाव क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।
प्रदेश ६ः एमाले २६, कांग्रेस/माओेवादी २५/२५, स्वतन्त्र २
माओवादी ३, कांग्रेस २ र एमाले एक जिल्लामा शून्य प्रदेश नम्बर ६ का १० वटा जिल्लाका ७९ स्थानीय तहमा माओवादीले २५, एमालेले २६, कांग्रेसले २५ र स्वतन्त्रले दुई स्थानीय तह जितेका छन् । कालिकोटका दुई तहको नतिजा अझै आउँन बाँकी छ ।
प्रदेश ६ का दैलेख, मुगु र सुर्खेतमा माओवादीले एउटा तह पनि जित्न सकेन । प्रदेश ६ का अरू जिल्लामा जिते पनि रुकुम र डोल्पामा कांग्रेस तथा एमालेले रुकुममा एउटा पनि तह जित्न सकेनन् । रुकुममा ६ वटै तह माओवादीले जित्यो ।
कुन जिल्लामा कसले कति जिते ?
प्रदेश ३
काठमाडौंः एमाले ४, कांग्रेस ४, माओवादी शून्य, (महानगरसहित तीन नगरपालिकाको नतिजा आउन बाँकी) काभ्रेः कांग्रेस ४, एमाले ७ (५ नगरपालिका, २ गाउँपालिका), माओवादी २ चितवनः एमाले ४, कांग्रेस १, माओवादी १ (एक तहको नतिजा आउन बाँकी) दोलखाः कांग्रेस २, एमाले ६, एकको नतिजा आउन बाँकी धादिङः एमाले ८, कांग्रेस ३, माओवादी १, राप्रपा १ नुवाकोटः कांग्रेस ७, एमाले ३, माओवादी २ भक्तपुरः नेमकिपा १, एमाले १ (दुईको नतिजा आउन बाँकी) मकवानपुरः एमाले ५, कांग्रेस २, माओवादी २, (हेटौँडा उपमहानगरपालिकाको नतिजा आउन बाँकी) रसुवाः कांग्रेस २, एमाले २, नयाँ शक्ति १, माओवादी शून्य रामेछापः एमाले ५, माओवादी २, कांग्रेस १ ललितपुरः कांग्रेस २, एमाले २, माओवादी १ (ललितपुर महानगरपालिका नतिजा आउन बाँकी) सिन्धुपाल्चोकः एमाले ७, कांग्रेस २, माओवादी २ (एक तहको नतिजा आउन बाँकी) सिन्धुलीः एमाले ३, माओवादी ३, कांग्रेस ३
प्रदेश ४
कास्कीः एमाले ३, कांग्रेस १, एकको नतिजा आउन बाँकी
गोरखाः कांग्रेस ९, माओवादी २, एमाले र नयाँ शक्ति शून्य तनहुँः कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र १ पर्वतः एमाले ४, कांग्रेस ३, माओवादी शून्य मनाङः कांग्रेस २, एमाले २, माओवादी शून्य मुस्ताङः कांग्रेस ३, एमाले १, स्वतन्त्र १, माओवादी शून्य
म्याग्दीः कांग्रेस ४, एमाले २, माओवादी शून्य स्याङ्ज स् एमाले ७, कांग्रेस ४, माओवादी शून्य लमजुङः एमाले ५, कांग्रेस २, माओवादी १ बाग्लुङ स् कांग्रेस ४, एमाले ४, राष्ट्रिय जनमोर्चा १, माओवादी १ नवलपरासीः कांग्रेस ६, एमाले २, माओवादी शून्य
प्रदेश ६
कालिकोटः माओवादी ५, कांग्रेस १, एमाले ३ जाजरकोटः एमाले ३, कांग्रेस २, माओवादी २ जुम्लाः कांग्रेस ४, माओवादी ३, एमाले १ डोल्पाः एमाले ४, माओवादी २, स्वतन्त्र २ दैलेखः एमाले ७, कांग्रेस ४, माओवादी शून्य मुगुः कांग्रेस ३, एमाले १, माओवादी शून्य रुकुमः माओवादी ६, कांग्रेस र एमाले शून्य सल्यानः एमाले ४, कांग्रेस ३, माओवादी ३ सुर्खेतः कांग्रेस ६, एमाले ३, माओवादी शून्य हुम्लाः माओवादी ५, कांग्रेस १, एमाले १ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...