ताजा समाचार

पोखरा महानगरः विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमतिपछि मतगणना सुरु

पोखरा, ८ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा देखिएको मतगणना विवाद समाधान भएको छ । विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति दलहरुबीच भएपछि समाधान भएको हो । यो सहमतिसँगै दिउँसो एक बजेबाट मतगणना शुरु भएको छ ।

फर्जी भनिएको मतपत्रमा केही चाक्लो देखिने स्वस्तिक छापको मुचुल्का निर्वाचन कार्यालयले देखाउने सहमतिमा मतगणना शुरु गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र नयाँशक्ति सहमत भएका हुन् ।

सहमतिअनुसार निर्वाचन कार्यालयले अब दलहरुलाई चाक्लो स्वस्तिक छापको सक्कलको मुचुल्का देखाउनुपर्नेछ । त्यस्तै, अन्य वडामा पनि त्यस्ता विवादित मतपत्र र स्वस्तिक छाप भए मुचुल्का देखाउनुपर्ने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org