ताजा समाचार

उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं, १५ जेठ । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्षण नगर्न संयुक्त राष्टसंघ लगायतको दबावका बाफजुत पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो ।

यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको हो । उत्तर कोरियाले प्रहार गरेको मिसाइल ४ सय ५० किलोमिटर दूरी पार गरेर जापानको समुद्री क्षेत्रमा खसेको अनुगमनकर्ताले बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि किसिमको आणविक गतिविधि गर्न तथा मिसाइल परीक्षण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । यसले गर्दा कोरियाली प्रायद्विपमा तनाव बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org