ताजा समाचार

लोडसेडिङ हटाएर चर्चामा आएका कुलमानलाई सुुप्रबल जनसेवाश्री पदक

काठमाडौं, १५ जेठ । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ । गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गरेको हो । वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिएको छ ।

सुप्रबल जनसेवाश्री १२० जनालाई प्रदान गरिने भएको छ, जसमा लोडसेडिङ हटाएर चर्चामा आएका कुलमान घिसिङ पनि परेका छन् ।सरकारले प्रधानमन्त्री प्रचण्डको छोरा प्रकाश दाहाललाई पनि कुलमानलाई दिएकै पदक सुप्रबल जनसेवा श्रीबाट सम्मान गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले पदकको टुंगो लगाएको थियो । उनीहरुलाई १० औं गणतन्त्रको अवसर पारेर पदक प्रदान गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org