ताजा समाचार

कलाकार दिपकराज गिरीको व्यंग्य, मतपत्र तामा वा पित्तलको बनाउन माग

काठमाडौं, १५ जेठ । भरतपुर मतगणनामा देखिएको विवादबारे कलाकार दिपकराज गिरीले व्यंग गरेका छन् । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना कार्यको अन्तिमतिर रहेको बेला मतपत्र च्यातिएको थियो । गएराति राजनीतिक दलका प्रतिनिधीहरुबीच विवाद भएपनि मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिनुमा दलहरुले एकअर्कालाई दोष लगाईरहेका छन् ।

यसैक्रममा कलाकार गिरीले व्यंग गर्दै मतगणनास्थलमा धादँली हुन नदिन नयाँ नियमको व्यवस्था गरेका छन् । मतपत्र च्यातिएको घटनाप्रति तिखो व्यंग प्रहार गर्दै गिरीले सामाजिक सञ्जालमार्फत केही नयाँ व्यंग्यात्मक नियम बनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार पोष्ट गर्दै मतगणनामा खटिएका कर्मचारीलाइ मुत्र त्याग गर्न जान नदिने व्यवस्था गर्नुपर्ने, मतगणना स्थल भित्र पार्टीका प्रतिनिधि लाइ हात बॉधेर राख्ने, मत पत्र प्लाष्टीकको बनाए पनि जलाउने सम्भाबना भएकोले तामा वा पित्तलको बनाउने र त्यति गर्दा नि नभए भरतपुरको नाम महाभारतपुर राख्ने त्यस पछि जस्ले जे गरे नि छुट दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org