ताजा समाचार

अब केन्द्रीय सरकारमा प्रधानमन्त्री सहित १८ मन्त्रालयको प्रस्ताव (प्रस्तावित सूचीसहित)


काठमाडौं, १७ जेठ । अब नेपालको केन्द्रीय सरकार अन्तर्गत प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै राख्न प्रस्ताव गरिएको छ । यसअघिको जुन सरकारले जति धेरै मन्त्री नियुक्त गर्न सक्यो त्यक्ति नै बलियो भईन्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न नेपालको संघीय सरकारमा १८ मन्त्री मात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो ।

समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए । समितिले पेश गरेको प्रस्तावमा उल्लेखि कतिपय मन्त्रालयको नाम र संरचनामा हेरफेर गर्नुपर्ने अवस्था रहेको राज्य व्यवस्था समिति सदस्य यज्ञराज सुनुवारले बताए ।

यसबारे आगामी शुक्रवारको बैठकमा छलफल हुनेछ । राज्यमन्त्रीहरु समेत राखेर बढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक प्राबधान रहेको छ । समितिले विभिन्न मन्त्रालयहरुलाई गाभेरमा एउटै बनाउन प्रस्ताव गरेको छ । अहिलेसम्मको योजना आयोगलाई अर्थ मन्त्रालयमा गाभेर अर्थ तथा योजना मन्त्रालय नामाकरण गरिएको छ ।

  • अर्थ तथा योजना मन्त्रालय
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • पर्यटन तथा संस्कृति मन्त्रालय
  • कृषि सहकारी तथा भूमी व्यवस्थापन मन्त्रालय
  • गृह मन्त्रालय
  • जलस्रोत तथा उर्जा मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भौतिक पुर्वाधार, यातायात तथा नागरिक उड्डयन मन्त्रालय
  • रक्षा मन्त्रालय
  • शिक्षा तथा खेलकुद मन्त्रालय
  • विज्ञान प्रविधि मन्त्रालय
  • महिला समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय
  • सूचना तथा सञ्चार मन्त्रालय
  • स्वास्थ्य मन्त्रालय
  • मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org