ताजा समाचार

भतरपुरमा आफ्ना उम्मेदवारलाई सडकबाटै विजयी घोषणा गर्ने एमालेको चेतावनी

काठमाडौं, १७ जेठ । नेकपा एमालेले भरतपुरमा तत्काल मतगणना सुरु नगरिए सडकबाटै आफ्ना उम्मेदवारलाई विजयी घोषणा गर्ने चेतावनी दिएको छ । बुधबार व्यवस्थापिका संसदको बैठक अवरुद्ध पार्दै एमालेले यस्तो चेतावनी दिएको हो । एमालेले पुनः मतदानमा जाने निर्णय गरे एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्न सक्ने चेतावनी दिएको हो ।

संसदको बुधबारको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको दाबी गरे । एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको भन्दै उनले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने बताए । तत्काल मतगणना सुरु गर्न माग गर्दै उनले अघि भने, ‘यदि अन्यथा निर्णय भयो भने एमालेले यो नजिता विजयी भयो भनेर स्वयंम घोषणा गर्न बाध्य हुनेछ ।’

साथै उनले भरतपुरमा पुनःमतदान गरे नेपालभर अर्को चुनाव हुन नसक्ने चेतावनी पनि दिए । यो कुरा बुझिराखे हुन्छ भन्दै उनले भने, हार्न लागेपछि ५ वटा मतपत्र च्यातेपछि पुनः मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैं भरी चुनाव मात्र गरेर बस्नुपर्नेछ । ५ वर्ष चुनाव गर्नुपर्ने स्थिति हुनेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org