ताजा समाचार

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिले सपथ लिए, आजै कार्यभार सम्हाल्दै

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौं महानगरमा निर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका हुन् । समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १ सय ५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गरे ।

सपथ ग्रहणपछि काठमाडौंका मेयर, उपमेयरले आजै अपराहृन काठमाडौं महानगरपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । मेयर र उपमेयरले सपथपछि शहीद स्मारक, गणेशमान शान्ति बाटीका, मंगलादेवी पार्क, पुष्पलाल स्मृति पार्क, मदन भण्डारीको शालिकमा माल्यर्पण तथा बसन्तपुरस्थित कुमारी घर पुग्नेछन् । वडाध्यक्षहरु भने सपथ ग्रहणपछि सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

मेयर र उपमेयरले पदभार ग्रहण गरेपछि काठमाडौं महानगरपालिकाको पहिलो नगरपालिकाको बैठक साँझ ५ बजे बस्नेछ । सपथ ग्रहण समारोहमा स्थाीय चुनावमा काठमाडौं महानगरको मेयरका उम्मेदवारहरु विवेकशील नेपालीकी रञ्जु दर्शना र नयाँ शक्तिका पवित्र बज्राचार्यको पनि उपस्थिति थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org