ताजा समाचार

नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै भारतीय राजदूत मञ्जित पुरी सक्रिय

काठमाडौं, १८ जेठ । नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै भारतीय राजदूत पनि सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने तरखरमा छन् । नयाँ सरकार गठनको लागि काँग्रेस तथा माओवादी केन्द्रले आवश्यक गृहकार्य अगाडी बढाईरहेका छन् ।

राष्ट्रपति विद्यादेखि भण्डारीले आजदेखि नयाँ सरकार गठनको लागि बहुमतिय प्रक्रिया सुरु गरेकी छन् । यसैक्रममा भारतीय राजदूत मञ्जित सिंह पुरी सक्रिय भएका छन् । सरकार गठनबारे चासो व्यक्त गर्दै राजदूत पूरीले बिहीबार सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरेका छन् ।

नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेका बेला राजदूत पुरी बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वर पुगेर यसबारे चासो व्यक्त गरेका हुन् । सभामुखसँग भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै राजदूत पुरीले नेपाल र भारतबीचको संसदीय प्रक्रियाकाबारे आफूले जानकारी लिएको बताए ।

उनले नेपाल र भारतमा एउटै प्रक्रियाबाट सरकार गठन हुने भएकाले यसबारे बुझ्नु आफ्नो उद्देश्य रहेको बताए । संसदका सहायक प्रवक्ता डिल्ली रिजालले सभामुख घर्ती र राजदूत पुरीबीच सद्भावपूर्ण भेटवार्ता भएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org