ताजा समाचार

फिलिपिन्सको राजधानी मनिलाको एक होटलमा ३६ शव भेटियो

काठमाडौं, १९ जेठ । फिलिपिन्सको राजधानी मनिलामा रहेको एक होटलमा ३६ शव फेला परेका छन् । ५० भन्दा धेरै घाइते भएका छन् । होटलको क्यासिनोमा बन्दुकधारी प्रवेश गरेका फिलिपिन्सका अधिकारीले जनाएका छन् । बन्दुकधारीले क्यासिनोमा आगो लगाइदिएका र निस्सासिएर उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ ।

घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । बन्दुकधारीले त्यहीँ आगो लगाएर आफूलाई पनि जलाएका थिए । प्रहरीले कसैलाई पनि असर नपरेको बताएकोमा पछि भवनमा छापा मार्दा ३६ वटा शव भेटिएको हो । प्रहरीले यो घटनालाई चोरी र लुटपाटसँग सम्बन्धित हुन सक्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org