ताजा समाचार

लण्डन ब्रिजमा पैदलयात्रीमाथि भ्यानबाट आक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, २१ जेठ । बेलायतको सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिडिरहेका मानिसहरुमाथि एक भ्यानबाट आक्रमण भएको छ ।घटनामा परि ६ जनाको ज्यान गएको छ । भने २० जना घाइते भएका छन् । मृतकको संख्या अझै बढ्ने आशंका छ ।

स्थानीय समय अनुसार शनिवार राति १० बजेर ८ मिनेटमा एक सेतो भ्यानले पुलमा हिँडिरहेका मानिसहरुलाई ठक्कर दिएको थियो । भ्यान पुलको फुटपाथमा चढेको थियो । त्यसक्रममा केही मानिसमाथि छुरा प्रहार भएको अधिकारीहरुले बताएका छन् ।

बेलायतका प्रधानमन्त्री टेरिजा मेले यो घटनालाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन् । लण्डन ब्रिज रेल्वे स्टेशन बन्द गरिएको छ भने प्रहरीले सम्भावित तीन आक्रमणकारीको खोजी भइरहेको छ । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org