ताजा समाचार

नेपाली कामदारको तलब कटौती गर्ने मलेसियाली कम्पनीलाई ९ लाख रुपैयाँ जरिवाना

काठमाडौं, २१ जेठ । नेपाली कामदारको तलब कटौती गर्ने एक मलेसियाली कम्पनीलाई ९ लाख २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । मलेसियाको पेताजिङ जयामा रहेको ‘ह्युमन कनेक्सन एचआर (एम) एसडिएन बिएचडी’ नामक कम्पनीलाई मलेसियाली स्थानीय अदालतले करिब ९ लाख २१ हजार (३८ हजार ४ सय रिंगिट) रुपैंया जरिवाना गरेको हो ।

मलेसियामा रहेका फस्टफूड चेन रेष्टुराँ र ईलेक्ट्रोनिक्स कम्पनीहरुमा कामदार सप्लाई गर्दै आएको उक्त कम्पनीले त्यहाँ कार्यरत ८ जना नेपाली कामदारलाई ‘तलबमान नीति’ विपरित रकम कटौती गर्ने गरेकोले गत मे १७ मा सजायअनुरुप उक्त जरिवाना तोकिएको हो । ह्युमन कनेक्सनले उनीहरुलाई ‘ओउटसोर्सड् वर्कर’ का रुपमा म्याक डोनाल्ड्स रेष्टुरेण्टलाई ३ बर्षे करारमा सप्लाई गरेको थियो ।

अदालतले यसबारे गतबर्ष डिसेम्बरमा परेको मुद्दामा दुईसाताअघि उक्त निर्णय सुनाएको हो । उक्त अदालती निर्णयपछि ती नेपाली कामदारले झण्डै ८ महिनापछि न्याय पाएका छन् । उनीहरु चर्चित अन्तर्राष्ट्रिय फास्टफूड चेन रेष्टुराँ ‘म्याक डोनाल्ड्स’ र ईलेक्ट्रोनिक्स कम्पनी ‘सामसुङ’ मा कार्यरत थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org