ताजा समाचार

अस्पत्तालले शववाहन नदिएपछि पत्नीको लाश मोटरसाइकलमा राखेर घरसम्म

काठमाडौं, २१ जेठ । भारतमा एक यस्तो हृदयविदारक घटना घटेको छ । जुन घटना सुन्दा सबैका आँखा रसाउँछ । उपचारको क्रममा मृत्युभएकी श्रीमतीको शवलाई घर सम्म लैजान एक अस्पत्तालले शववाहन नदिएपछि मोटरसाइकलमा राखेर शवलाई लगिएको छ ।

मानविय संवेदना झल्काउने यो घटना भारतको झारखण्ड राज्यको हो । गत बुधबार सुशीला देवीलाई उनका श्रीमान शंकरले पुर्णिया सदर अस्पतालमा भर्ना गरेका थिए । तर उनको शुक्रबार मृत्यु भयो । निधन भएकी श्रीमतीको शवलाई घर सम्म लैजान शंकरले अस्पत्ताल प्रशासनसँग माग गरे तर अस्पत्तालले शववाहन दिए । अन्त्यमा उनले आफ्ना छोरालाई बोलाएर मोटरसाइकलमा राखेर श्रीमतीको शव घर लगे ।

पत्नीको मृत्युपछि अस्पतालबाट २० किलोमिटर टाढा श्रीनगर स्थित घर लानका लागि शंकरलाई अस्पतालले शववाहन समेत उपलब्ध गराएको थिएन् । शववाहन नपाएपछि शंकरले छोराको मोटरसाइकलमा शव लैजाने निर्णय गरे । पत्नीको शवलाई बीचमा राखेर सलको साहाराले आफ्नो शरीर र छोराको शरिरमा बाँधे पछि बसे । बाइक उनको छोराले हाँके ।

जिल्ला प्रशासनले अस्पताल प्रशासनको मानविय संवेदनहिनता र घटनाका बारेमा छानविन समिति गठन गरेको छ । समितिले सोमबार रिपोर्ट दिने बताइएको छ । अस्पतालले आउटसोर्सिङ एजेन्सीको माध्यबाट शववहान उपलब्ध गराउँदै आएको थियो । जुन बीपीएल परिवारका लागि निःशुल्क हुन्छ । अस्पतालका सिविल सर्जनले मृतकका परिवारले शववाहन नमागेको बताएका छन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org