ताजा समाचार

भारतीय सीमा क्षेत्रमा चीनिया सुरक्षा हेलिकोप्टर देखियो

काठमाडौं, २१ जेठ । भारतीय सीमा क्षेत्रमा चीनियाँ सुरक्षा हेलिकोप्टर छिरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उक्त विषयले अहिले भारत हंगामा मच्चिएको छ । भारत चीन सीमा क्षेत्र मिचेर चीनको सुरक्षा हेलिकप्टर भारततर्फ छिरेको भारतीय सञ्चारमाध्यमको दाबी छ । सीमा क्षेत्रको चमोली जिल्लाको बराहोटी क्षेत्रमा शनिबार भारतीय क्षेत्रमा चीनियाँ सुरक्षा हेलिकोप्टर उडेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएका छन् ।

भारतीय सुरक्षाअधिकारीहरूले यसबारे जानकारी नभएको बताएपनि अनुसन्धान सुरू गरेको जनाएको छ । चमोली जिल्लाका पुलिस एसपी तृप्ति भट्टले बिहान सवा ९ बजे एक हेलिकप्टर भारतीय सीमा पार गरेर सीमा नियम उल्लंघन गरेर बराहोटी क्षेत्रमा उडेको बताए । लगभग चार मिनेट सम्म भारतीय सीमा भित्र उक्त हेलिकोप्टर उडेको थियो । भारत र चीनबीच पछिल्लो ४० बर्षयता सीमा विवादका कारण तनाव रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org