ताजा समाचार

क्यासिनोमा हमला गरेर ३६ जनाको ज्यान लिने व्यक्ति आतंककारी नभई ऋणमा डुबेका जुवाडे

काठमाडौं, २१ जेठ । फिलिपिन्सको राजधानीमा अवस्थित क्यासिनोमा ओगो लगाएर ३७ जनाको हत्या गर्ने व्यक्ति जुवाका कारण नमज्जाले ऋणमा डुबेका व्यक्ति भएको जनाईएको छ । उक्त घटनाका प्रमुख हमलाकारी मानिएका ४३ वर्षीय जेसी कार्लोस तीन सन्तानका बुवा भएको प्रहरीले जनाएको छ । ‘हामी दोहोराउन चाहन्छौं कि उक्त घटना आतंककारी होइन । यो एक व्यक्तिको आक्रमण हो,’ मनिला पुलिसका प्रमुख अल्बाएल्डेले आरोपीको परिचय खुलेपछि पत्रकारलाई जानकारी दिए ।

उनी गत अप्रिलदेखि मनिलाका सबै क्यासिनोमा प्रतिबन्धित तीन सन्तानका पिता हुन् । उनलाई जुवाको लतले नराम्रोसँग गाँजेका कारण उनका परिवारको विशेष अनुरोधपश्चात् उनलाई क्यासिनोमा प्रतिबन्ध गरिएको हो । ‘क्यासिनोको जुवाका कारण उनी ऋणमा चुर्लम्मै डुबेका छन् जसका कारण उनको परिवार र श्रीमतीसँग उनको सम्बन्ध राम्रो थिएन,’ अल्बाएल्डेले बताए ।

मास्क लगाएका उनले रिसोर्ट वर्ल्ड क्यासिनो र मनिलास्थित होटल कम्प्लेक्समा गत शुक्रबार एमफोर अटोमेटिक राइफल र एक बोतल पेट्रोलसहित प्रवेश गरेका थिए । उनले कम्प्लेक्सका विभिन्न कोठामा आगो पनि लगाइदिएका छन् ।

उक्त आगलागीमा ३७ जनाको मृत्यु भएको छ भने भाग्ने कोसिस गर्दा दर्जनौं घाइते भएका छन् । आरोपीलाई पाँच घण्टापश्चात् होटलको रुममा मृत भेटियो । पुलिसका अनुसार उनले आगो लगाएर आत्महत्या गरेका हुन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org