ताजा समाचार

भारतमा बस र ट्रक ठोक्किएर आगलागी हुँदा २२ यात्रीको जलेर मृत्यु

काठमाडौं, २२ जेठ । भारतमा बस र ट्रक ठोक्किएर आगलागी हुँदा २२ जनाको ज्यान गएको छ । भारतको उत्तरप्रदेशस्थित बरेलीमा बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा जलेर २२ यात्रीको ज्यान गएको हो । आइतबार राति सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्लीबाट गोन्डातर्फ गइरहेको यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसँग ठोक्किएको थियो ।

ट्रकसँग ठोक्किनासाथ बसको डिजेल ट्यांकी फुटेर आगो लागेको बताइएको छ । उत्तर प्रदेश सरकारले मृतकका परिवारजनलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी घाइतेहरुलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँ दिने घोषणा पनि राज्य सरकारले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org