ताजा समाचार

नेपालीद्धारा साउदीमा एक पाकिस्तानीको छुरा प्रहार गरी हत्या गर्दै आत्महत्या

काठमाडौं, २२ जेठ । साउदी अरबमा एक नेपालीले आत्महत्या गरेका छन् । साउदी अरबको रियाद देखि २ सय किलोमिटर टाढा पर्ने एक अल खुराइस सिटीमा ती नेपालीले एक पाकिस्तानीको छुरा प्रहार गरी हत्या गरेर आफुले समेत आत्महत्या गरेका हुन् । प्रोजेक्ट म्यानेजरको सेक्रेटरीमा काम गर्ने पाकिस्तानीको पेटमा छुरा प्रहारी गरेर हत्या गरी आफुले समेत आत्महत्या गरेको साउदीको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हत्या गरेर आत्महत्या गर्ने नेपालीको पहिचान भने खुलाईएको छैन् । साउदी गएको १० महिनामा ती नेपाली घर फर्किन चाहेको र कम्पनीलाई घर जानको लासि पासपोर्टको व्यवस्था गर्न भनेको तर कम्पनीले वास्ता नगरेपछि नेपाली र ती पाकिस्तानीबीच विवाद भएको थियो । विवाद भएको भोलिपल्ट ती नेपाली अफिसमा गएको तर सेक्रेटरीले वास्ता नगरेपछि नेपालीले आफुले काम गर्ने भान्सा कोठाबाट चक्कु ल्याएर सेक्रेटरीको हत्या गरेका थिए । उनले ती सेक्रेटरीलाई २०२५ पटक चक्कु प्रहार गरे हत्या गरेका थिए । हत्या गरेपछि ती नेपालीले आत्महत्या गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org