ताजा समाचार

अफगानिस्तनामा तालिवानसँगको झडपमा ३ सुरक्षाकर्मीसहित १३ को मृत्यु

काठमाडौं, २२ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतंकककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतंककारीसहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु दिन क्युरिसीले बताए । यस झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाउनुपरेको छ ।

इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतंककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए । तालिवान आतंककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org