ताजा समाचार

कांग्रेसबाट पहिलो चरणमा महेश आर्चाय अर्थ र ज्ञानेन्द्र कार्की भौतिक पूर्वाधारमन्त्री बन्ने

काठमाडौं, २३ जेठ । शेरबहादुर देउवा सरकारमा काँग्रेसले आज तीन जनालाई मन्त्रीपरिषद्मा बठाउने भएको छ । आजै मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुन लागेका देउवाले काँग्रेसको तर्फबाट तीन जना मन्त्री पाउन लागेका हुन् । यस विषयमा देउवाले रामचन्द्र पौडेलसँग पनि कुरा गरेका छन् ।

देउवा निकट एक नेताका अनुसार पहिलो चरणका गोपालमान श्रेष्ठ, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने मनस्थिति देउवाले बनाएका छन् । श्रेष्ठले उपप्रधानमन्त्री दावी गरेका छन् । तर, पार्टीभित्रैबाट देउवामाथि कृष्ण सिटौलालाई उपप्रधानमन्त्री बनाउन दबाव पनि परिरहेको छ । सत्ता सहयात्री र विपक्षी दलहरुसँग डिल गर्नका लागि पनि गोपालमान भन्दा सिटौला सहज हुने उनीहरुको देउवालाई सुझाव छ ।

महेश आचार्यलाई अर्थमन्त्री बनाउने र ज्ञानेन्द्रवहादुर कार्कीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी देउवाको छ । आचार्य पार्टीभित्र रामचन्द्र पौडेल समूहका हुन् । तर, उनी देउवासँग पनि समदूरीमा छन् । रामशरण महत, डा. नारायण खड्का, महेश आचार्य सबै पौडेल पक्षमा छन् । तीमध्ये आचार्यलाई देउवाले आफू अनुकुल ठानेर अर्थमन्त्री बनाउन लागेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालय पछिल्लो समय देउवाले आफ्ना विश्वासपात्रलाई मात्रै दिने गरेका छन् । यसअघि विमलेन्द्र निधी र रमेश लेखकलाई भौतिक पूर्वाधार मन्त्री बनाएका देउवाले यसपटक ज्ञानेन्द्र कार्कीलाई दिन लागेका हुन् । गोपालमान श्रेष्ठलाई भने देउवाले आफू नेतृत्वको सरकारमा ल्याएर पार्टीमा निधीलाई उपसभापति मनोनित गर्ने बाटो खुलाउन लागेका हुन् । वरिष्ठताका हिसाबले गोपालमानले उपसभापति दाबी गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org