ताजा समाचार

काबुल ट्रक बम विस्फोटमा मारिनेको संख्या १ सय ५० पुग्यो

काबुल, २३ जेठ । काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको संख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा राष्ट्रपति घानीले उक्त जानकारी दिएका छन् । गत हप्ता भएको यो आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै भीषण आक्रमण भएको जनाइएको छ ।

यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताएका छन् । घाइते हुनेहरुमा जलेका र अंगविच्छेद भएकाहरुसमेत रहेका उनले सो सम्मेलनमा बताएका हुन् । यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो ।

यस भीषण आक्रमणको कुनैपनि समूहले जिम्मा लिएको छैन । तर सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टिलक्षित बम विस्फोट परी कम्तीमा सातको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारण घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org