ताजा समाचार

पूर्व युवराज्ञी हिमानीद्धारा छोरा छोरीसहित गोरखा दरवारमा कुलदेवता पूजा

गोरखा, २३ जेठ । पूर्व युवराज्ञी हिमानी शाहले गोरखा कालिको पुजा गरेकी छन् । हिमानी आफ्ना छोरी कृतिका र पूर्णिमा तथा छोरा हृदयन्द्रको साथमा आफ्नो कुल घराना रहेको गोरखा दरवारमा पूजा गरेकी हुन् । मंगलबार बिहान साँढे दश बजे दरवार परिसर पुगेकी हिमानीले करिव ४५ मिनेट कुल देवता कालीकाको पुजा गरिन् ।

छोरा हृदयन्द्रको ब्रतबन्ध गर्नू अघि कुल देवताको पूजा गर्न गोरखा दरवार आएको उनले बताइन् । राजतन्त्र अन्त्य पछिको कुल पुजाका लागि पूर्व राजपरिवारका सदस्यहरु पहिलो पटक गोरखा दरवार आएको दरवारका पुजारी प्रदीप योगीले बताए ।

हिमानीको सोमवार नै गोरखा आउने कार्यक्रम रहेको थियो । तर एकादशी परेकाले उनी मंगलवार दरवार आएकी पुजारी योगीले जानकारी दिए ।  कुल पूजा सँगै उनले गुरु गोरखनाथको पनि पुजा गरेकी थिइन् । त्यस्तै गोरखा नगरपालिकाले हिमानीलाइ एक कार्यक्रमकाबीच स्वागत गरेको छ । कार्यक्रममा हिमानीलाई सम्बोधनका लागि आग्रह गरिएपनि उनी बोल्न चाहिनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org