ताजा समाचार

पुरातत्व विभागको निर्देशनपछि बौद्धनाथ स्तूपामा राखिएको डिजिटल डिस्प्ले हटाइयो

काठमाडौं, २३ जेठ । बौद्धस्थित बौद्धनाथ स्तूपामा राखिएको डिजिटल डिस्प्ले हटाइएको छ । पुरातत्व विभागको निर्देशनपछि बौद्ध तथा मेलम्ची घ्याङगुठीले डिस्प्ले हटाएको हो।

बुद्ध जयन्तीको अवसरमा एक दिनका लागि मात्र राखिएको डिस्प्ले लामो समयसम्म पनि नहटाएपछि पुरातत्व विभागले तत्काल हटाउन निर्देशन दिएको थियो । पुरातत्व विभागले व्यापक विरोध भएपछि हटाउन निर्देशन दिएको हो ।

गुठीले जेठ २६ गतेसम्म राख्न माग गरेपनि विश्व सम्पदा सूचीमा समावेश बौद्धनाथ स्तूपालाई नै छेकिने गरी राखिएको भन्दै विरोध भएपछि विभागले तत्काल हटाउन निर्देशन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org