ताजा समाचार

कुटनैतिक सम्बन्ध तोडेका देशहरुलाई वार्तामा आउन कतारको आग्रह


काठमाडौं, २३ जेठ । कतारले आफूसँग कूटनीतिक सम्बन्ध तोडेका देशहरुलाई वार्तामा आउन आग्रह गरेको छ । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै युएई, साउदी अरब, बहराइन, इजिप्ट, लिबिया, यमन र माल्दिभ्सले सोमबारदेखि कतारसँग सम्बन्ध तोडेका थिए ।

कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले बसेर छलफल गरी देशहरुबिचको विवाद टुङगो लगाउनु पर्ने बताएका छन् । यस्तै क्षेत्रीय संगठन खाडी समन्वय परिषद् कुवेतले कतारलाई संयमित हुन अपिल गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org