ताजा समाचार

‘मिस एसइइ झापा २०१७’को ताज दीपिकालाई

झापा, २४ जेठ । ‘मिस एसइइ झापा २०१७’को ताज धाइजनकी दीपिका बाँनियाले चुमेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी अग्रस्थामा आएकी हुन् । बाँनियाले ५० हजार नगद सहित कक्षा ११/१२ अध्ययनका लागि छात्रबृत्ती समेत प्राप्त गरेकी छन् । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट आयोजक रहेको प्रतियोगितामा फस्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनअप काकरभिट्टाकी अरुणरिद्धी राई भए ।
दुबै विजेताले क्रमश २० र १५ हजार नगद सहित छात्रबृत्ती पाए । प्रतियोगीता युवतीको प्रतिभा निखार्न आयोजना गरिएको वल्र्ड इन्टरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार साहारा उपचार कोषका लागि ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले ११ हजार नगद सहयोग गरेको छ, भने उक्त अवसरमा रगतमा इन्फ्याक्सन भई उपचारर्थ बिर्तामोडकी सिमा प्रधानको उपचारका लागि १५ हजार रुपैँया सहयोग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org