ताजा समाचार

कतार प्रति सहानुभूती देखाउने युएईबासीलाई १५ वर्ष जेल र १४ करोड जरिवाना

काठमाडौं, २५ जेठ । युएई सरकारले कतार प्रति सहानुभूती देखाउनेलाई १५ वर्ष जेल सजाय र १४ करोड जरिवाना गर्ने बताएको छ । युएईका परामर्शदाता डा. हमद सैफ अलले बुधबार वक्तव्य जारी गरी कतार प्रति सहानुभूती देखाउनेलाई १५ वर्षसम्म जेल सजाय र पाँच लाख दिर्हाम भन्दा धेरै जरिवाना हुने बताएका हुन् ।

युएईका नागरिकले कतारलाई सहयोग पुग्ने कुरा सामाजिक सञ्जाल, लेखन वा श्रव्य दृश्य कुनै पनि माध्यमबाट प्रस्तुत गरेमा जेल सजाय र जरिवाना हुने गल्फ न्युजले उल्लेख गरेको छ । यस्तै, युएईको संघीय सार्वजनिक अभियोजनले पनि संघीय दण्ड कोड अनुसार कसैले पनि राष्ट्रिय एकतामा खलल पुग्ने कार्य गरेमा तीन देखि १५ वर्षको जेल सजाय र जरिवाना हुने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org