ताजा समाचार

विदेशबाट फर्किएका कामदारको रेकर्ड राख्ने श्रममन्त्री मंसुरको पहिलो निर्णय

कठामाडौं, २५ जेठ । वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राखिने भएको छ । यसको लागि श्रम तथा रोजगार मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । गृह मन्त्रालयसँग छलफल गरेर सफ्टवाइर निर्माण गर्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए ।

नवनियुक्त श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले पदभार ग्रहण गर्दै वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राख्ने आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले पनि विमानस्थलमा आवात जावत गर्ने यात्रुको रेकर्ड राख्ने भएकाले गृहसँग सहकार्य गरेर सफ्टवाइर तयार गर्न लागिएको प्रवक्ता भुर्तेलले जानकारी दिए । वैदेशिक रोजगारीबाट फर्किने कामदारको रेकर्ड नराख्दा विदेशमा कति नेपाली छन् भन्ने ऐकिन तथ्याँक नेपाल सरकारसँग छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org