ताजा समाचार

उर्दूृ भाषा अध्ययन गरेको भन्दै आईएसद्धारा पाकिस्तानमा दुई चिनियाँ नागरिकको हत्या

काठमाडौं, २६ जेठ । इस्लामिक अतिवादी संगठन (आईएस) ले पाकिस्तानमा दुई चिनियाँ नागरिकको हत्या गरेको छ । पाकिस्तानमा उर्दू भाषा अध्ययन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिई हत्या गरेको आईएसले पुष्टि गरेको छ । यसबारे चीनले खेद प्रकट गरेको छ ।

पाकिस्तानको बलुचिस्तानमा आणविक केन्द्रमा कार्यरत ती दुईले उर्दू भाषामा चासो देखाएको भन्दै हत्या गरिएको आईएसको भनाइ छ । हत्या गरिएका चिनियाँ नागरिकको पहिचान खुलाइएको छैन । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org