ताजा समाचार

नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश, भारत नेपालभन्दा पछाडी चौथो स्थानमा

काठमाडौं, ३० जेठ । नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश बनेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टका अनुसार नेपाल ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि दरसहित नेपाल तीव्र गतिमा आर्थिक वृद्धि गर्ने विश्वको तेस्रो देश बनेको हो ।

नेपालमा राम्रो मनसुन भएको साथै भूकम्पपछिको पुनर्निर्माण र भारतसँगको व्यापारमा आएको सहजीकरण यसको कारण रहेको विश्व बैंकले जनाएको छ । तीव्र आर्थिक वृद्धि गर्ने पहिलो देश भने इथियोपिया बनेको छ ।

उसले ८ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि गरेको छ । यस्तै, ७ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिसहित उज्वेकिस्तान दोस्रो स्थानमा छ भने ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि गरेको भारत नेपालभन्दा पछाडि चौथो स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org