ताजा समाचार

सत्तापक्षबाट फेरी चुनाव सार्ने कुरा चलेपछि एमालेले स्थायी समिति बैठक बस्दै

काठमाडौं, ३१ जेठ । सत्तापक्षबाट चुनाव सार्ने कुरा आएपछि एमालेले स्थायी समिति बैठक बोलाएको छ । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र राजपा नेताहरुबीच चुनावको मिति फेरी सार्ने विषयमा छलफल गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र दुई नम्बर प्रदेशका उम्मेदवारहरूका विषयमा समेत छलफल हुने एमालेले जनाएको छ । धुमबाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने एमालेले जनाएको छ । सत्तारुढ दलहरूले निर्वाचन सार्न प्रस्ताव गरेपछि रिसाएको एमालेले सो विषयमा कस्तो धारणा बनाउने भन्ने बारेमा पनि रणनीति बनाउनेछ ।

एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा हुनुपर्ने अडान राख्दै आएको छ । बैठकमा दुई नम्बर प्रदेश विशेष गरेर जनकपुर उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकामा क–कसलाई मेयर र उपमेयरको टिकट दिने भन्नेबारेमा पनि छलफल हुनेछ ।

सत्तापक्षले २ नम्बर ५ नम्बर प्रदेशको चुनाव मिति फेरी सार्ने चर्चा चलिरहेको छ । सत्तारुढ दलहरुले चुनाव सारेमा राजपा चुनावमा आउने लिखित प्रतिबद्धता मागिरहेका छन् । तर राजपाले भने चुनाव पनि सार्नुपर्ने र संविधान पनि संशोधन गर्नुपर्ने अडान राखिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org