कञ्चनपुरमा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा
भीमदत्तनगर, ३१ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। भीमदत्त नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ।
गत संविधानसभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भए पनि स्थानीय तहको निर्वाचनमा जित हासिल गर्न काँग्रेसलाई सहज छैन। अग्रस्थानमा जिल्लाभरका उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको एमाले र सबैभन्दा ढिलो गरी उम्मेदवार टुङ्गो लगाएको काँग्रेसबीच यहाँका कतिपय नगरपालिकामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि सङ्गठन कमजोर भएका कारण निर्वाचन आफ्नो पक्षमा पार्न सकस छ।
प्रमुख राजनीतिक दलले यहाँको जेठो भीमदत्त नगरपालिकाको प्रमुखलाई आफ्नो अस्तित्वको लडाइँ सम्झिएका छन्। नेपाली काँग्रेसबाट भीमदत्तको प्रमुखमा काँग्रेसले पदम बोगटीलाई उम्मेदवार बनाइएको छ। अघिल्लो वर्ष काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पराजित बोगटी दशकौँदेखि सक्रिय राजनीतिको पर्दामा देखिँदै आएका उम्मेदवार हुन्।
त्यसैगरी, एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन्। सङ्गठनभित्र राम्रो पकड भएका विष्ट भीमदत्त नगरवासीसामु कति लोकप्रिय बन्छन्, त्यो निर्वाचनको परिणामले देखाउनेछ।
माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ। माओवादी खुल्ला राजनीतिमा आएसँगै रसायली जिल्लामा पार्टीका सक्रिय नेताका रुपमा परिचित छन्। क्षेत्रीय राजनीतिको समेत प्रभाव रहने कञ्चनपुरमा रसायली पनि क्षेत्रीय मत पाउनेमा आशावादी छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीमा नवप्रदेशी गजेन्द्रबहादुर चन्द भीमदत्त नगरपालिकाको प्रमुख पदको उम्मेदवार भएयता दिनरात घरदैलोलाई निरन्तरता दिइरहेका छन्। कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका चन्द भीमदत्तमा युवा पुस्तामाझ बढी परिचित छन्। सङ्गठन कमजोर भएकाले उनलाई पनि निर्वाचनमा विजयी हुन त्यति सहज भने छैन ।
हालसम्मको चुनावी सरगर्मी हेर्दा भीमदत्तमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रमुख पदमा प्रतिस्पर्धा हुने देखिएको छ। त्यसैगरी, महाकाली नगरपालिकामा नेपाली काँग्रेसको सङ्गठन बलियो मानिन्छ। तर पनि त्यहाँ प्रमुख राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीय नेताको भनाइ छ। यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा पनि प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिन्छ।
टिकट वितरणमा गरेको ढिलाइका कारण काँग्रेसभित्र केही असहज महसुस भएको छ भने पहिलो चरणको निर्वाचनको मतपरिणामको निरन्तरता नै कञ्चनपुरमा दोहोरिनेमा एमाले आशावादी छ। माओवादी केन्द्रमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी आउने क्रम बढेसँगै चुनावी घरदैलोलाई तीव्र बनाएपछि माओवादी पनि केही नगर र गाउँपालिकामा जित हासिल गर्ने दाबी गर्दैछ।
ससुरा–ज्वाइँ चुनावी मैदानमा
कञ्चनपुरको भीमदत्तन गरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच प्रतिस्पर्धा हुने भएको छ। स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। फरक पार्टी भएकाले उनले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको बताए।
दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा एमालेले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । माओवादी केन्द्रबाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन्।
‘मलाई छोरी आएर चुनावमा नलड्न सुझाएकी थिइन्’, अध्यक्ष पदको उम्मेदवार गजेन्द्र चन्दले भने, ‘मैले यो पार्टीगत कुरो हो भनेर इन्कार गरेँ।’ उनले आफूले ज्वाइँलाई प्रतिस्पर्धाबाट पछि हट्न हालसम्म आग्रह नगरेको बताए।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...