ताजा समाचार

यातायात कार्यालय इटहरीमा ६२ करोड घोटाला ठहर, पूर्व प्रमुखसहितका ८ जनाविरुद्ध मुद्धा

काठमाडौं, ४ असार । अञ्चल यातायात कार्यालय कोशीमा ६२ करोड रुपैयाँ घोटला भएको ठहर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अञ्चल यातायात कार्यालयमा घोटला भएको ठहर गर्दै विशेष अदालतमा मुद्ध दायर गर्दैछ । अख्तियारले राजस्व हिनामिना गर्ने ८ सरकारी अधिकारीविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

इटहरीस्थित यातायात कार्यालयमा रहेर अनियमिततामा मुछिएका नायव सुब्बा सुरेश अधिकारीसहित ८ जनाविरुद्ध आज विशेष अदालतमा झण्डै ६२ करोड बराबरको अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर गर्न लागिएको हो । यातायात कार्यालयबाट उठेको राजस्व अनियमितता गरेको आरोपमा अख्तियारले ८ कर्मचारी विरुद्ध मुद्दा तयार गरेको हो ।

‘सेवाग्रहीसँग उठाएको राजस्व नै सरकारी खतामा नराखेको पाइयो’ अख्तियार स्रोतले भन्यो,’यातायात कार्यालयमा हुने अनियमतितालाई यो मुद्दाले प्रतिबिम्बित गर्छ ।’ अख्तियार स्रोतकाअनुसार केही पूर्व कार्यालय प्रमुखसहित प्रशासन, लेखा र कम्प्युटर फाँटमा काम गर्ने कर्मचारी यो मुद्दामा तानिने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org