ताजा समाचार

एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार क्षेत्रमा मा १ खर्ब १४ अर्ब लगानी गर्ने

काठमाडौं, ५ असार । एशीयाली पूर्वाधार लगानी बैंकले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने भएको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी दिए ।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश र्फकनु भएका मन्त्री कार्कीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बैंकले यो वर्षभित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको उल्लेख गरे ।

बैंकले काठमाडौंको सामाकोसी-टोखा सडक स्तरोन्नतिका लागि २२ अरव, पोखरा-बेनी-जोमसोम सडक विस्तारका लागि १६ अरव, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अरव रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ ।

एशीयाली पूर्वाधार लगानी बैंक अतिकम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको बैंक हो । यसमा चीन, बेलायत र क्यानडा सरकारको विशेष लगानी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org