ताजा समाचार

बिखण्डनबादीहरु सक्रृय रहेको भन्दै तयारी अवस्थामा रहन प्रधानसेनापति क्षेत्रीको निर्देशन

सुनसरी, ७ असार । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सुरक्षा संबेदनशिलतालाई ख्याल गरेर तैनाथी अवस्थामा रहन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । दोस्रो चरणको निर्वाचन सफल बनाउन एक नम्बर प्रदेशका उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गर्दै प्रधानसेनापति क्षेत्रीले सबैसँग सहकार्य गरेर अगाडी बढ्न निर्देशन दिएका हुन् ।

नेपाली सेनाको सुनसरी स्थित पुर्वी पृतना मुख्यालयमा मंगलबार सेनापति क्षेत्रीले पुर्व क्षेत्रिय सुरक्षा समितिका अधिकारीहरुसँग छलफल गरेका हुन । उनले निर्वाचन सफल बनाउन सबै सुरक्षा संयन्त्रहरुसँग सहकार्य गरेर काम गर्न नेपाली सेना तैयार रहेकोले सोही अनुसार गर्न पुर्वका उच्च सुरक्षा अधिकारीहरुलाई निर्देशन गरेका थिए ।

देशमा बिखण्डनबादीहरु सक्रृय हुन थालेको र सिमा क्षेत्रबाट अपराधिक क्रियाकलाप हुनसक्ने भएकोले सुरक्षा संबेदनशिलतालाई ख्याल गरेर सबैले सहकार्य गरेर काम गर्नुपर्ने सेनापति क्षेत्रीले मातहतलाई निर्देशन गरेका थिए । उनले अप्रेसनका क्रममा सुरक्षा सामग्रीहरु आदान प्रदान गर्नपरे सबै सुरक्षा निकायसँग सहकार्य गर्न सेनालाई आग्रह गरेका थिए ।

छलफलमा क्षेत्रिय सुरक्षा समितिमा आवद्ध क्षेत्रिय प्रशासक , नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिआइजीहरुको सहभागीता थियो । पुर्व क्षेत्रका क्षेत्रिय प्रशासक राजेश्वरमान सिँहले १४ असारमा हुने स्थानिय तहको निर्वाचन सफल बनाउने बिषयमा सेनापतिले निर्देशन दिएको बताए । भने ,– ‘ निर्वाचन कसरी भयरहित रुपले सम्पन्न गर्ने र आपसी सहकार्य कसरी गर्ने भन्नेबारे छलफल सहित निर्देशन भयो अरु भिन्न बिषय रहेन ।’

यसैगरि नेपाली सेनाले निर्वाचनलाई भय रहित बनाउन मंगलबारै एक नम्बर प्रदेशभरिका नेपाली सेनाका अधिकारीको भेला सम्पन्न गरेको छ । पुर्वका मुख्य अधिकारीहरु सहभागी भेलामा निर्वाचनलाई भय रहित बनाउन नेपाली सेनाले बनाएको रणनिति अनुसार कार्य गर्न प्रधान सेनापतिले निर्देशन गरेका थिए । पुर्वी पृतनामै मंगलबार भएको भेलामा पुर्वको सुरक्षा अवस्वाबारे सेनापतिले बिफ्रिङ पनि लिएका थिए । ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org