ताजा समाचार

मतदाताको निकै उत्साहजनक सहभागीताः तीन घण्टामा २० प्रतिशत भन्दा धेरै मतदान

काठमाडौं, १४ असार । दोस्रो चरण अन्तर्गत भईरहेको चुनावमा अहिलेसम्म २० प्रतिशत भन्दा बढी मतदान भएको छ । ३ सय ३४ स्थानीय तहका लागि भइरहेको दोस्रो चरणको चुनावमा बिहान ७ बजेदेखि १० बजेसम्मको अवधिमा २० देखि २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

घण्टौँ हिँडेर भए पनि मतदानस्थलमा मतदाता पुगिरहेका आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । “अहिलेसम्म २० देखि २५ प्रतिशत मत खसिसकेको छ” उनले भने, “विहानैदेखि मतदाता उत्साहपूर्ण रुपमा सहभागी भएका छन् ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org