ताजा समाचार

कडा सुरक्षाकाबीच रोल्पामा एक मतदाताले मतपेटिकामा एसिड हाले, मतदान स्थगित

रोल्पा, १४ असार । रोल्पामा एक मतदाताले मतपेटिकाभित्र एसिड हालिदिएका छन् । रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएपछि मतदान स्थगित भएको छ । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।

एसिडले केही मतपत्र जलेका छन् । एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org