ताजा समाचार

एमालेका एजेन्टले अशक्त महिलाको मतपत्र खोसेर मतदान गरेपछि तनाव

अछाम, १४ असार । अछाममा एमालेका एजेन्टले अशक्त महिलाको मतपत्र खोसेर मतदान गरेपछि तनाव भएको छ । मेल्लेख गाउँपालिक ७ स्थित दुर्गादेवी मावि नन्देगडा मतदान केन्द्रमा एमालेका एजेन्ट रामबहादुर बुढाले अशक्त महिलाको मत खोसेर मतदान गरेपछि विवाद भएको हो । विवादले उग्र रुप लिएपछि केही समय उक्त केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

एजेन्टले मतदान गरेको १५ मिनेट तनाव भएपनि केही बेरमै असक्तको मत परिवारका सदस्यले मात्र गर्ने सहमति भएपछि पुनः मतदान सुरु भएको छ । मतदान अधिकृत र राजनीतिक दलका एजेन्टबीच अशक्त मतदाताको मत परिवारका सदस्यले मात्र दिन पाउने सहमति भएपछि पुनः मतदान सुरु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org