ताजा समाचार

UPDATE: स्थानीय तह ताजा मत परिणामः एमाले र काँग्रेसबीच तीब्र प्रतिस्पर्धा, माओवादी सुस्तगतिमा

काठमाडौं, १६ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म १२ वटा स्थानीय तहको नतिजा आइसकेको छ । जसमा नेकपा एमाले र नेपाली काँग्रेसबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ । ६ वटा स्थानीय तहमा विजयी हासिल गर्दै एमाले अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेसले चार स्थानमा विजयी हुँदै एमालेलाई पछ्याईरहेको छ । माओवादी केन्द्रले २ स्थानमा जित दर्ता गराएको छ ।

प्रदेश नम्बर १, ५ र ७ मा का ३५ जिल्ला अन्तर्गत ३ सय ३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले ३ सयभन्दा बढी तहमा मत गणना भइरहेको जनाएको छ । मतगणना भइरहेका स्थानीय तहमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै तिव्र प्रतिस्पर्धा छ ।

प्रमुख पदमा विजयी
नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत
बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही
खोटाङको जन्तेढुंगा गाउँपालिका –शंकर राई

बैतडी: पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द

डडेल्धुरा: अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाल ओझा (विपीन)

बाजुराः गहुमुल गाउँपालिका- हरि रोकाया

नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी
बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत
संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई

माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका – डम्बरबहादुर बस्नेत

सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिका – सागर किँराती

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org